सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेका नेपालले भने, अयोग्य लडाकुलाई पैँसा बाड्नु हुँदैन

२०८० वैशाख २१, ०४:०८ खबर संवाददाता

धनगढीः नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अयोग्य लडाकुलाई पैँसा दिन नहुने बताएका छन्। 

बिहीवार धनगढी पुगेका उनले सरकारले दुई लाखका दरले अयोग्य लडाकुलाइ पैसा दिन नहुने उनले बताएका हुन्। सरकारले रुपैयाँ दिने भनी गरेको निर्णय कार्यान्वयन गर्न नहुनेमा उनको जोड छ। उनले लडाकुलाई रोजगारी दिनु पर्ने बताए। समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, लडाकुलाई पैँसा दिने बारे कुरा उठेकै हो। यस्तो बेला पैँसा दिनुपर्ने कुनै विषय नै छैन। उनले थपे, ‘पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ।’ लडाकुलाई पैँसा बाड्ने सम्बन्धमा आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको दाबी छ।

अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको बताएका छन्। उनले भने, कम खर्चे कसरी गर्ने बरु अनावश्यक खर्च नियन्त्रण गर्दै कटौती गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ। पैँसा बाड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ।’


 

कमेन्ट लोड गर्नुस