सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले सच्चिनु पर्छ: सभापति बलायर

२०८० वैशाख २१, १०:४१ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सबैले सच्चिनु पर्ने बेला आएको बताएका छन्।

नेपाली काँग्रेसको घोडाघोडी नगरपालिको प्रथम नगर सम्मेलनमा प्रमुख अतिथि रहेका बलायरले नेपाली काँग्रेसका तह देखी तप्का सम्मका नेतृत्वहरू सच्चिनु पर्नेे बताए। नयाँ परिमाण निकाल्न अब काग्रेश सच्चिनु पर्ने र सच्चिएन भने नयाँ परिमाण दिन नसकिने उनले जिकिर गरे।

पुरानै मौजुदा र परिस्थिति बाट नेपाली काँग्रेस चल्न नसक्ने उनले बताए। उनले भने ‘हाम्रा सम्पूर्ण तौर तरिका फेर्न सकेनौँ भने यो बाध्यात्मक रुपमा देशको लोकतन्त्रको लागी, देशको राष्ट्रियता अखण्डता र स्वादिन्ताको लागी काग्रेस पार्टी महत्त्वपुर्ण नभई देश महत्त्वपूर्ण कुरा हो।’ प्रतिनिधि सभा सदस्य बलायरले देशको लागी लडेको नेपाली काँग्रेसले फेरी देश खतरा भएको बेलामा जुन सुकै कुरामा तयार हुनु पर्ने बताए।

नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन नेताहरू राजधानी र सदरमुकाम मात्र केन्द्रित नभएर गाउँ बस्ती, टोलटोलमा जानु पर्ने बेला आएकाले केन्द्रिय देखि वडासम्मका सबै कार्यकर्तालाई एक जुट भएर लाग्न आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस