‘परस्त्री’को फष्टलुक सार्वजनिक
धनगढीः चलचित्र ‘परस्त्री’ को फष्टलुक सार्वजनिक भएको छ।
निर्माण युनिटले फिल्मको ४ पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट देखिएका छन्। फिल्म आगामी असार १५ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा कोशिस, शिल्पा,गौरव, अलिसा क्षेत्री र आशान्त शर्माको मुख्य भुमिका रहेको छ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म काठमाडौँ र मुस्ताङमा छायांकन गरिएको हो। फिल्मका निर्देशक सुरज पाण्डे हुन्। डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य रहेको छ।
नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ।