आलिशानमा कन्सर्ट गर्दै यशकुमार
धनगडीः गायक तथा अभिनेता यश कुमारले काठमाडौँमा कन्सट गर्ने भएका छन्।
उनले बुधबार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन्। साँझ आयोजना हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना दर्जन गीत गाउनेछन्। कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ..., तिम्रो मन बदलिएछ..., बिरानो यो मन्दिरमा..., हिजो अर्कैसँग देखेँ..., म आफ्नै आँगनमा इनार बनाउँछु..., तिमीलाई कुनै पल...लगायत आफ्नो चर्चित गीतहरु गाउने आलिशानका सञ्चालक राम थापाले बताए।
कन्सर्टमा आलिशान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय भएको छ। त्यसपछि मात्रै यश स्टेजमा उत्रिने छन्। यशकुमारले नयाँ गति ‘गल्ली’ केही महिना अगाडि सार्वजनिक गरेका थिए। गीतमा उनलाई मेचु धिमालले साथ दिएकी थिइन्। शब्द तथा संगीत समेत उनकै रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका थिए।