सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानसँग कट्रिना कैफ

२०७५ साउन ११, ०८:३२

बलिउडमा सलमान खान र कट्रिना कैफको जोडीलाई निकै सफल जोडीका रुपमा मानिन्छ । 
उनीहरुले सँगै कैयाैं हिट फिल्महरु दिएका छन् । पछिल्लो उदाहरण निकै सुपरहिट फिल्म ‘टाईगर जिन्दा हे’ लाई नै लिन सकिन्छ ।
यही सुपर हिट जोडी फेरि एकपटक सँगै देखिने भएको छ । तर यसपटक उनीहरु फिल्मका लागि नभै एक फेशन शोका लागि सँगै र्‍याम्पमा हिँड्नेछन् । 
बलिउडमा निकै चर्चित र रुचाइएका स्टार फेशन डिजाईनर मनिष मल्होत्राद्धारा आफ्नो ईन्डो पर्शियन कलेक्सन प्रदर्शन गर्नका लागि आयोजना हुने फेशन शो मा सलमान कट्रिना शो–स्टपरका रुपमा र्‍याम्पमा हिँड्नेछन् । 
बलिउडमा पूर्व प्रेमी–प्रेमिकाका रुपमा समेत चर्चित यो जोडी फिल्ममा भने अहिले नै सँगै आउने लक्षण छैन । 
सलमान अहिले अलि अब्बास जफर निर्देशित फिल्म ‘भारत’को सुटिङ्गमा व्यस्त छन्। यो फिल्म दक्षिण कोरियाली फिल्म ‘अड टु माइ फादर’ बाट प्रभावित छ ।
उता कट्रिना कैफ शाहरुख खानसँग फिल्म ‘जेरो’ को सुटिङ्गमा व्यस्त छिन् ।  आनन्द एल. राय द्वारा निर्देशित ‘जेरो’ यसै वर्षको डिसेम्बरमा रिलिज हुँदैछ । 

कमेन्ट लोड गर्नुस