सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुष्माको माया पिरती लाउन

२०७५ साउन १२, ०८:१४

 नवगायिका सुष्मा तामाङको स्वर र शब्दमा रहेको ‘माया पिरती लाउन’ बोलको गीत सार्वजनिक भएको छ । 
रोमान्टिक भावको गीतको भिडियो शुक्रबार केएल टावरमा रहेको हाइभ लाउन्ज एन्ड बारमा एक कार्यक्रमबीच प्रदर्शन गरिएको हो ।
सन्तोष सुब्बाको संगीत रहेको गीतको भिडियोमा गायिका स्वयं र दिलीप ओखेडाले अभिनय गरेका छन् । बलिउड मोसन डान्स फिल्म प्रालिको प्रस्तुति रहेको भिडियोको निर्देशन दिलीप ओखेडाले गरेका हुन् ।
पेमा तामाङले निर्माण गरेको भिडियो रामेश्वर कार्कीले खिचेका हुन् । कार्यक्रममा गायिका सुष्माले बच्चैदेखि गायिका बन्ने सपना देखेको र अहिले यो गीतमार्फत पहिलो पाइला टेकेको बताइन् । 
१० कक्षामा अध्ययनरत सुष्माको गायिकीको प्रमुख अतिथि फिल्म निर्देशक ऋषि लामिछानेले तारिफ गरे । उनले सुष्माजस्ता नवप्रतिभाले नेपाली गीतसंगीतको आकाश अझै फराकिलो पार्ने विश्वास व्यक्त गरे ।
 भिडियो निर्देशक तथा मोडल दिलीपले आफूले गीतको भावअनुसार सुन्दर भिडियो निर्माण गरेको बताए । निर्माता पेमाले भिडियो आइतबार मात्रै युट्युबमा सार्वजनिक गरिने जानकारी दिएका छन् ।

कमेन्ट लोड गर्नुस