सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपन्देहीमा बस दुर्घटनमा परि ४३ जना घाइते

२०८१ जेठ ३०, १०:२९

बुटवलः रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटनमा परि र ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।

दुर्घटनामा परि घाइते भएकाहरूलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधवार बिहानसम्म अधिकांश डिस्चार्ज भैसकेका छन्। केही घाइतेको भने अझै पनि उपचार भइरहेको छ। 

बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस