सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते

२०८१ जेठ ३२, १०:०४ खबर संवाददाता

काठमाडौं: चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन्।

 नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। 

कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 


 

कमेन्ट लोड गर्नुस