सुदूर नेपाललाई विश्वसँग जोड्दै

नालामा पुरिएर ३ महिलाको मृत्यु, कावासोती नगरपालिका तोडफोड

२०८१ जेठ ३२, ०२:४०

चितवनः पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा ३ जना कामदार महिलाको मृत्यु भएको छ।

बिहिबार कावासोतीमा निर्माणधीन नालामा पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको हो। महिलाको मृत्यु भएको घटनाको विषयमा प्रर्दशनकारीले नगरपालिका तोडफोड गरेका छन्। शुक्रबार झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका थिए। स्थानीयको आक्रमणका कारण नगरपालिका भवनकोे झ्यालढोका समेत फुटेका छन्।
 

कमेन्ट लोड गर्नुस