सुदूर नेपाललाई विश्वसँग जोड्दै

गीताज्ञान अभियानको काठमाण्डौ संयोजन समिति घोषणा

२०८१ असार ६, ०६:२१ खबर संवाददाता

’गीता ज्ञान जीवन विज्ञान’ भन्ने मूल मन्त्रका साथ व्यक्तिगत र सामाजिक रुपान्तरणका लागि जारी रहेको अभियान हो, जीवनका लागि गीता ज्ञान अभियान। यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई विविध कार्यक्रम मार्फत प्रबर्धन गर्दै आएको छ। 

कीर्तिपुरको गाम्चामा भएको उक्त भेलाको अध्यक्षता वैदिक योग सनातन समाजको अध्यक्ष श्री केशब अधिकारीले गरेका थिए। प्राध्यापक वैकुण्ठ थापा द्वारा संचालित उक्त कार्यक्रममा विभिन्न अभियन्ताहरुले गीता ज्ञानको महिमाबारे आफ्नो बुझाइ राखेका थिए।

उक्त भेलाले अभियानको काठमाण्डौ संयोजन समिति घोषणा गरेको छ। संयोजकमा श्री सिर्जना मैनाली योगामाला, सह संयोजक श्री नरहरि प्रेमी चयन भएका छन्। उक्त भेलामा उपस्थित सबै अभियन्ताको रुपमा रहेको समितिमा सल्लाहाकारहरुमा समाजसेवी श्री गोकुल थापा, श्री कमला घिमिरे र श्री सुदिप पौडेल रहेका छन्।

उक्त कार्यक्रममा यस अभियानको संकाल्पकर्ता डा. हरि चन्द्र कमलीले  गीताज्ञानको महत्वमाथि प्रकाश पार्दै, यस अभियान के हों? केका लागि हो? र कसरी अगाडि बढ्दै छ? भन्ने बारेमा प्रष्ट्याउनु भयो। सहभागीहरूको जिज्ञासा बारे थप प्रकाश पार्दै उनले व्याक्तिगत र सामाजिक/सांस्कृतिक रुपान्तरणको यस अभियानमा जोडिनु हुन सबैलाई आग्रह गरे।

कमेन्ट लोड गर्नुस