सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर शेर मल्ल एस.पी.ए कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

२०८२ पुष ६, ०६:२५ जयन्त सिंह भाट

धनगढीः सुदूरपश्चिमका उदीयमान क्रिकेटर शेर मल्ल एस.पी.ए कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्। कलेजले आइतबार मल्ललाई एक वर्षका लागि ब्रान्ड एम्बासडरको जिम्मेवारी दिएको हो।

एस.पी.ए कलेजका निर्देशक सुवास विक्रम शाहीका अनुसार एक वर्षे सम्झौताअनुसार क्रिकेटर शेर मल्ल र कलेजबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा मल्ल र निर्देशक शाहीले हस्ताक्षर गरेका छन्।

नेपाल प्रिमियर लिग (एन.पी.एल) सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका मल्ल प्रतियोगिताको ‘उदीयमान खेलाडी’ घोषित भएका थिए। प्रतियोगिताभर उनले १७ विकेट लिँदै उतकृष्ट प्रदर्शन गरेका थिए।

सुदूरपश्चिमबाट उदाएका मल्लको क्रिकेट भविष्य उज्ज्वल देखिएको र उनले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै कलेजसँग जोडिएको निर्देशक शाहीले बताए। उनले खेलाडीलाई खेलसँगै आर्थिक रूपमा पनि सबल बनाउने उद्देश्यले ब्रान्ड एम्बासडर नियुक्त गरिएको जानकारी दिए।

ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि क्रिकेटर शेर मल्लले आफूलाई सम्मान र सहयोग प्रदान गरेकोमा एस.पी.ए कलेजप्रति धन्यवाद व्यक्त गरे। कलेजले शैक्षिक गतिविधिसँगै खेलाडीहरूलाई पनि निरन्तर साथ र सहयोग गर्दै आएको उल्लेख गर्दै यसले आफूलाई अझ जिम्मेवार भएर खेल क्षेत्रमा समर्पित हुन प्रेरणा दिएको उनले बताए।

यसअघि एस.पी.ए कलेजले अन्तर्राष्ट्रिय महिला क्रिकेटर कविता कुँवर र क्रिकेटर नारायण जोशीलाई पनि ब्रान्ड एम्बासडर नियुक्त गरिसकेको छ। 

 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस