सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली निर्माण व्यवसायी संघको महासचिवमा इञ्जिनियर किरण रावलको उम्मेदवारी घोषणा 

२०८३ वैशाख २१, ११:२७ खबर संवाददाता

धनगढी: कैलाली निर्माण व्यवसायी संघको महासचिव पदमा इञ्जिनियर किरण रावलले उम्मेदवारी घोषणा गरेका छन्।

इन्जिनियरिङ पृष्ठभूमिबाट निर्माण व्यवसायमा सक्रिय रावल यसअघि संघको सदस्य पदमा निर्वाचित भइसकेका छन्। आगामी बैशाख २४ र २५ गते हुने संघको ११औँ अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने कार्यतालिका रहेको छ।

महासचिव पदका उम्मेदवार रावलले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, संघको पारदर्शी तथा डिजिटल व्यवस्थापन, गुणस्तरीय निर्माण प्रवर्द्धन, ठेक्का प्रक्रियामा सुधार र युवा व्यवसायीलाई नेतृत्वमा अवसर प्रदान गर्ने विषयलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताएका छन्।

रावलका अनुसार संघलाई प्रविधिमैत्री बनाउँदै व्यवसायीहरूका व्यावहारिक समस्या समाधानमा केन्द्रित रहने योजना रहेको छ। अधिवेशन नजिकिँदै जाँदा संघभित्र विभिन्न उम्मेदवारहरूले आ–आफ्ना एजेन्डासहित उम्मेदवारी सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

कमेन्ट लोड गर्नुस