सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षा सुधारसँगै बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित: मुख्यमन्त्री शाह

२०८३ वैशाख २१, ०२:४६ खबर संवाददाता

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारसँगै बेरोजगारी समस्या समाधानतर्फ केन्द्रित रहेको बताएका छन्।

सोमबार कैलाली को बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत साधनका बाबजुद पनि गुणस्तरीय शिक्षामा प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गरे।

मुख्यमन्त्री शाहले हाल आधा किलोमिटरको दूरीभित्र करिब ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको जानकारी दिँदै बाँकी १० प्रतिशतलाई पनि सडक सञ्जालसँग जोडेर विद्यालय पहुँच विस्तार गरिने बताए।

कलेज भवन निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा १० करोड रुपैयाँ विनियोजन गरेको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने तथा सामाजिक विकास सचिव डा. हेमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस