सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च अदालतमा फेरि आगलागी 

२०८३ भदौ ३१, ०२:०५ खबर संवाददाता

काठमाडौं– सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ । अदालतको निर्माणधीन भवनमा आगलागी भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको हो । 

मुद्दा फाँटको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको प्रवक्ता कोइरालाले बताए । बन्द कोठाभित्र आगो लागे ठूलो क्षति भने नभएको उनले बताए । 

उनका अनुसार आगलागीबाट एउटा टेवल, तीन थान कम्प्युटर जलेका छन् । मिसिलहरू भने नजलेको उनले बताए ।

आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतमा यसअघि १७ भदौमा पनि आगलागी भएको थियो । त्यतिबेला अभिलेख शाखामा आगलागी भएको थियो ।

१७ भदौको घटनामा छानबिन चलिरहेका बेला अहिले फेरि अर्को आगलागी भएको छ । यसअघि जेनजी आन्दोलनमा समेत सर्वोच्चमा आगजनी हुँदा ठूलो क्षति भएको थियो ।
 

कमेन्ट लोड गर्नुस