गजल
सजायर राख्दा विगतलाई यी नयनमा आमा
उही दुःख सुखले परिक्रमा गर्छ जीवनमा आमा
हजुर कै साथ अनि हजुर कै माया ममता पाएर
साच्चै म छु जस्तो लाग्छ त्यही बालापनमा आमा
सानो सानो चोट लाग्दा नि कैलेकाहीं मलाई
कति धेरै पीडा लिनु हुन्थ्यो त्यो मनमा आमा
के चाहान्छ यो जिन्दगीले के चाहान्छ मनले
विर्सिन्न विगत हुँदा नि सुख सयलमा आमा
म चाहान्छु सधै हजुरको मात्र साथ पाईराखु
हरेक पलपल अनि हरेक क्षण क्षणमा आमा