सुदूर नेपाललाई विश्वसँग जोड्दै

गजल

२०७५ भदौ ३०, १२:४०

जब यो मुटुमा गन्नै नसकिने घाउ लागे ।।

 धड्कन हुँ भन्नेहरू पनि छेउछाउ लागे।।

 त्यो आश्रममा भेटिएका अशक्त बुढा बा

परिचय गर्दा मेरै साथीका बाउ लागे ।।

सहरको महंगी खेप्न नसेकेर केही मान्छेहरु ,,

दशै तिहारको मौका छोपी गाउ लागे ।।

भीरको बाटो चिप्लो सतह यात्रा रोकिएन,,,

त्यो दिनदेखि सबैभन्दा सहासी पाउ लागे,,,

आफ्नै देशमा केही गर्नुपर्छ भन्नेहरुनै,,,

थाहै नदिई दुबै कतार मकाउ लागे ।।

 

 

फलामको खोजिमा कहिल्यै आरन गएन ।।

 त्यसैले आरनको घमण्डमा यो मन गएन ।।

 यसकारण नेपालको बेहाल भएको हो ,,,

गोजी भरेपछी मात्र काम गर्ने चलन गएन ।।

 ससुराली गएर भाइले श्रीमती कुटेछ,,,

ससूरालाई लाग्यो ज्वाईंको बचपन गएन।।

 घुनले फुटाइ हतौडाले छेकी जगमा राखियो ,,,

यति गर्दा पनि त्यो पत्थरको जीवन गएन।।

 चुनावको बेला मात्र आइपुग्छन नेताहरु,,,

 त्यसैले त यो गाउँको बाटो परिवर्तन गएन।।

कमेन्ट लोड गर्नुस