सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई गजल

२०७५ भदौ ३०, ०३:१७

सम्बन्ध मजबुत बनाउन चाहान्छौं चिनाजानीबाट
 भत्काउन हर्दम प्रयासरत देखिन्छन खिचातानीबाट

 राहतका मोटा चामल पनि गोदाममा सडेका छ्न
 अरु के पायौँ भनौँ खै आजसम्मन राजधानीबाट

 एकसरो लगाउन र हातमुख जोर्न ठिक्क भएको छ
बहुत अपेक्षा गरेको छैन मैले सामान्य आम्दानीबाट

 किन पराइलाई सुम्पिन्छौ यी कलकल बग्ने नदीहरु
 बिजुली उत्पादन गरौँ बिस्तारै आफ्नै लगानीबाट 

 न दिल पगाल्न सक्छौ न जिन्दगी बदल्न सक्छौ
 मैले यस्तै निष्कर्ष निकाले तिम्रो कुराकानीबाट
 

एउटा युगको नेतृत्व गरी बसिरा पनि हो
 हिजो कोइला थियो आज हिरा पनि हो

घटनाहरु घट्ने अरुपनी कारण होलान
 यो समाज सिध्याउने मदिरा पनि हो

 जिउ खुइलिदा हरियो औषधि लगाउँछौँ
 हजुरलाइ,सिंगापुर घुमाउने खटिरा पनि हो

 आफ्नै बलबुतोमा टेक्ने प्रयास गरिरहेछु
नसोच्नुहोला मेरै आडमा अडिरा पनि हो

 नजर अगाडिको एउटा वैशाखी जिन्दगी
 सडकमा मरिरा पनी हो बाँचिरा पनि हो

कमेन्ट लोड गर्नुस