सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडाध्यक्षले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातिदिए

२०७८ असोज ६, ०४:५६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन्। वडाध्यक्षले बैठक सुरु हुनुभन्दा अगाडि निर्णय पुस्तिका(माइन्युट) च्यातेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष कमलराज गिरीले बताए। 

बुधबार नगरको सभाहलमा ११४औं कार्यपालिका बैठक बसेको अवस्थामा वडाअध्यक्ष महराले उक्त निर्णय पुस्तिका च्यातेको उनले बताए।  नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटकपटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि निर्णय पुस्तिका च्यातेको अध्यक्ष महराले बताएका छन्। ‘आजको घटना ट्रेलर मात्रै हो। बाँकी शुक्लाफाँटा नगरपालिकाको बेथितिबारे पीडित समुदायहरुले नै न्याय गर्नेछन्’ उनले भने। 

वडाअध्यक्ष बहादुरसिंह महराले बैठकको निर्णय पुस्तिका च्यातेको फोटो सामाजिक सञ्जालमा राख्दै उक्त कदमलाई कमजोरी सम्झी पुनः हर्कत दोहोरिए थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन्। 

कमेन्ट लोड गर्नुस