सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद

२०७८ असोज ७, ०५:५४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले एक लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

लेडिज लेहिङ्गा, ईन्भटर ब्याट्री लगायतका सामान गरी एक लाख ४ हजार ४ सय ७४ मूल्य बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। बरामद सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको उनले बताए। 

कमेन्ट लोड गर्नुस