कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा १ लाख बढीको भन्सार छलिका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बलले १ लाख बढीको भन्सार छलिका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट ब्रह्मदेव, गड्डाचौकी, सुन्दरनगर र डोकेबजारबाट खटिएका टोलीले बेवारिसे अवस्थामा रहेको १ लाख ४ हजार ६४० मुल्य बराबरको प्लाष्टिकको कुर्सि/भाँडा बर्तन, श्रृङ्गारको समान, स्विट सुपारी, बिँडी र कपडालागयत सामान बरामद गरेको हो।
बरामद गरिएका सामानहरूलाई आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरीले जनाएको छ।