सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ असोज ११, ०५:२८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ गल्ली नं. २ मा भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएको हो। 

गुल्मे किला, पेन्ट, नट बोल्ट, घन्टा(घाट) लगायत विभिन्न हार्डवेयरका सामान गरी अन्दाजी २ लाख ६ हजार ५ सय ७० बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस