रविको सम्मानमा मुख्यमन्त्रीले भने–सुदूरपश्चिममा प्रतिभा छन् भन्ने देशले थाह पायो
नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा स्वागत र सम्मान कार्यक्रम भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको सहभागितामा रविलाई बधाई ज्ञापन संगै सम्मान गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए।
उनले रवि आइडलको विजेता भएसंगै सुदूरपश्चिममा पनि राष्ट्र चिनाउन सक्ने प्रतिभा रहेको पुष्टि भएको बताए। उनल यस क्षेत्रको कला, सस्कृतीको संरक्षण र कलाकाहरुको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए। कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए। आज नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना चियापान कार्यक्रमको पनि आयोजना गरिएको छ।