‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक
बिक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ। गोविन्द मधुर आचार्यको शब्द÷सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो। क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ। अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन्।
थुप्रै गीतबाट स्रोता÷दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन्। ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक÷स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’, विक्रमले भने। निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए।