माघ २८ मा ६ चर्चित कलाकार धनगढी आउँदै
‘सप्तरङ्ग’ एक पृथक सांगीतिक यात्राका लागि धनगढीमा माघ २८ गते चर्चित कलाकारहरु आउने भएका छन्। गृष्मा ब्रोडकाष्टिङ प्रालिको आयोजनामा सद्भाव र ऐक्यवद्धताको मुख्य उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो। माघ २८ गते कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट आउने भएका हुन्। ‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ। यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ।