घनश्याम भुसाल माओवादीको चिन्हबाट उम्मेदवार नबन्ने
धनगढीः नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा माओवादी केन्द्रबाट निर्वाचनमा लड्ने प्रचार गलत भएको बताएका छन्। रुपन्देहीको क्षेत्र नं १ मा माओवादीबाट उम्मेदवार बन्ने प्रचार गलत भएको उनको दाबी छ।
‘म एक सातादेखि रुपन्देहीस्थित घर मै छु कोही कसैसँग उठ्ने नउठ्ने विषयमा छलफल भएकै छैन। माओवादीको चुनाव चिन्हबाट उठ्ने भन्ने त हुनै सक्दैन’, उनले भने।
एमालेबाट रुपन्देही १ र ३ मा टिकट दाबी गर्दै आएका उनको भावना विपरीत पार्टीले टिकट नदिएपछि आजै पार्टीमा नरहने घोषणा गरेका छन्। उनले चुनाव लड्ने विषयमा भने छलफलमा नै रहेको बताए।