सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलले उम्मेदवारीबारे भोलि निर्णय लिने 

२०७९ असोज २२, ०३:१० खबर संवाददाता

धनगढीः नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्। शनिबार एक मिडियामा उनले यस्तो यस्तो बताएका हुन्।

आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनको भनाइ छ। 'म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ। यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु। आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,' रावलले भने।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ। 

कमेन्ट लोड गर्नुस