सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी नेता जोशीले भने 'पार्टीको निर्णय स्वीकार्य छ'

२०७९ असोज २२, ०४:१५ खबर संवाददाता

धनगढी: नेकपा माओवादी केन्द्रका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को १ बाट प्रदेश सभाका लागि सिफारिस भएका तीन जनामध्ये केशवराज जोशीले पार्टीको निर्णय मान्ने बताएका छन्।

शनिबार बिहान नेता रमेशकुमार बस्नेत, देवीलाल भण्डारी र केशवराज जोशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति आएको थियो। तर त्यसको केही घण्टा नबित्दै जोशीले भने पार्टी केन्द्रको निर्णय आफूलाई स्वीकार्य हुने भन्दै अर्को विज्ञप्ति निकालेका छन्।

पार्टीको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को ९१० बाट आफूलगायत ३ जना र ९२० बाट रमेश धामीको नाम केन्द्रमा सिफारिस भएको जनाउँदै जोशीले जुनसुकै व्यक्तिलाई पार्टीले टिकट दिए पनि आफ्नो बिमती नरहने जनाएका छन्। जोशीले पार्टीको निर्णय उल्लंघन नगर्न बताएका छन्। कैलाली ५ को ९१० माओवादी केन्द्रको भागमा परेको र त्यो क्षेत्रमा पार्टीले नेता रमेश धामीलाई टिकट दिने चर्चा छ।

कमेन्ट लोड गर्नुस