सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको सुदूरपश्चिमबाट प्रतिनिधि सभाका उम्मेदवार को-को हुन् ? (सूचीसहित)

२०७९ असोज २२, ०९:०९ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको हो। 

सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ। आफ्नो भागमा परेका ९ मध्ये ८ सिटमा उम्मेद्वार टुंगो लगाएको कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले बताए।

प्रतिनिधि सभातर्फ 

डडेलधुरा – शेरबहादुर देउवा,

अछाम–२ मा पुष्पबहादुर शाह,

कञ्चनपुर–२ मा एनपी सावद,

कञ्चनपुर–३ मा रमेश लेखक,

कैलाली–१ मा रामजनम चौधरी,

बाजुरामा बद्री पाण्डे,

कैलाली–४ मा वीरबहादुर बलायर

कैलाली–५ मा डिल्लीराज पन्त ।

प्रदेश सभातर्फ 

बाजुराको एउटा प्रदेशसभामा पदम शाही

अछाम-१ को क मा मेघराज खड्का,

डडेलधुरा ख मा गोविन्द बोहरा,

दार्चुलाको एउटा प्रदेश सभामा विक्रम धामी

कैलाली-५ ख मा प्रकाश देउवा (आरजु राणाका स्वकीय सचिव)।

कमेन्ट लोड गर्नुस