सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले र जसपाबीच चुनावी तालमेलमा सहमति

२०७९ असोज २३, ०६:१६ खबर संवाददाता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ।

अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच शुक्रबार साँझ सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार जसपाले १७ सिट पाउनेछ। 

एमाले र जसपा तालमेल गरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्। सहमतिअनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउनेछ।

त्यसैगरी जसपाले एमालेलाई अन्य ठाउँमा सघाउने सहमति गरेको छ। 

कमेन्ट लोड गर्नुस