जेरी र शंकरले गरे सम्बन्ध विच्छेद
काठमाडौँ: गायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान् गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। दुबैले सहमतिमा नै औपचारिक रुपमा सम्बन्ध टुङ्ग्याएका हुन्।
केही अगाडि सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका उनीहरुले बिहीबार अदालत पुगेर वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको गायक तथा सञ्चारकर्मी कमल सरगमले बताए। उनीहरुले करिब ५ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। उनीहरूकी एक छोरी छिन्। दुई जनाबीच छोरीको उमेर नपुग्दासम्म आमासँगै राख्ने र लालनपालन शंकरले हेर्ने सहमति भएको बताइएको छ।