सुदूर नेपाललाई विश्वसँग जोड्दै

र्‍यापर कुँवरको मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ

२०७९ कार्तिक २७, १२:३५ खबर संवाददाता

धनगढीः र्‍याप गायक हप्याक (मिलनजंग कुँवर) लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी दिए। उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए।

झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो। हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

झाँक्रीले झारफुक गर्ने भन्दै हप्याकको मुखमा अगुल्टो झोसेको भिडियो सामाजिक सञ्जालमा आएको थियो। टेलिभिजन रियालिटी शो नेपहपको श्रीपेचबाट चर्चामा आएका हप्याक युवापुस्तामाझ चर्चित छन्। घटना सार्वजनिक भएपछि दोषीलाई कारवाही गर्न नेपाली हिपहप संगीत क्षेत्रले माग गरिरहेको छ।

कमेन्ट लोड गर्नुस