सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगे ‘नेपथ्य’, कहिले हो कन्सर्ट ? 

तयारी अन्तिम चरणमा

२०७९ पुष १, ०५:२४ खबर संवाददाता

धनगढीः धनगढी पुष ३ गते मानव सेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ आयोजना हुन लागेको नेपथ्य व्यान्डको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ।

असहायको सेवामा समर्पित आश्रमले देशभरमा आश्रमका भवन निमार्ण एवं अक्षयकोष स्थापनाका लागि मानवताका लागि सांगीतिक यात्रा गरिरहेको हो। आज धनगढीमा रहेको मानव सेवा आश्रममा पत्रकार सम्मेलनमार्फत धनगढीमा पौष ३ गते हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आश्रमकका परिकल्पनाकार रामजी अधिकारीले बताए।

उक्त कन्सर्ट मंसिर १६ गते विराटनगरवाट सुरु भई, १९ गते वीरगंज, २२ गते हेटौडा, २५ गते चितवन र २९ गते नेपालगञ्जमा सम्पन्न भइसकेको अधिकारीले बताए। धनगढीमा पुष ३ गते हुने कन्सर्ट आश्रमको छैटौं कार्यक्रम भएको मानव सेवा आश्रम कैलालीका अभिभावक शिद्धराज पनेरुले बताए।

उनका अनुसार धनगढीमा रहेको आश्रमको शाखाले अहिलेसम्म २२१ जनाको उद्वार गरेको छ। कसैले पनि सडकममा वास गर्नु पर्ने अवस्था आउन नदिनका लागि नै यो कन्सटको आयोजना गरिएको पनेरुले बताए। यस्तै कन्सर्टका लागि नेपथ्यको टिम पनि धनगढी पुगिसकेको छ। 
 

कमेन्ट लोड गर्नुस