सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक आज बस्दै

२०७९ माघ १८, ०७:४८ खबर संवाददाता

काठमाडौं: सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी समिति बैठक आज बुधबार दिउँसो बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने पदाधिकारी बैठक लगत्तै स्थायी समिति बैठक तय भएको महासचिव देवप्रसाद गुरुङले बताए। बुधबार बस्ने बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँटको टुंगो लगाउने तयारी सो दलले गरेको छ।

मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मेवारी दिने निर्णय गरेको थियो। बैठकमा पार्टीको संगठनात्मक विषयसँगै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने महासचिव गुरुङले बताए।
 

कमेन्ट लोड गर्नुस