सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्ष दिनपछि म्युजिक भिडियोमा देखिए पल शाह

२०७९ चैत्र १७, ०४:४७ खबर संवाददाता

काठमाडौंः अभिनेता पल शाह झण्डै एक वर्षपछि नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन्।

पछिल्लो एक वर्ष अभिनय क्षेत्रबाट टाढा रहेका अभिनेता शाह केही समयअघि कारागारमुक्त भएसंगै नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका हुन्। गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत ‘तिमीसँगै हुँदा’ मार्फत अभिनेता शाह दर्शकमाझ आएका हुन्।

अभिनेता पल शाह कानुनी प्रकृया लम्बिँदा लामो समयसम्म कुनै पनि भिडियो तथा फिल्ममा देखिएका थिएनन्। जनक कार्की नृत्य निर्देशक रहेको गीतमा अभिनेता शाहसँग कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत तथा प्रकाश मिश्रको मिक्सिङ रहेको छ।

राजु कार्कीद्वारा संगीत संयोजन गरिएको यो गीतमा गायक प्रताप दास तथा गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। चलचित्र निर्माता तथा निर्देशकसमेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन्।

कमेन्ट लोड गर्नुस