सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पठान’ हिट भएसँगै ‘जवान’मा पुनः एकसाथ शाहरुख र दीपिका

२०७९ चैत्र १९, ०६:०२ खबर संवाददाता

एजेन्सीः बलिउड फिल्म ‘पठान’ हिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि एकसाथ देखिने भएका छन।

उनीहरु फिल्म ‘जवान’मा सहकार्य गर्न लागेका हुन्। शाहरुखले ‘जवान’को एक्सन दृश्यहरुको सुटिङ पूरा गरिसकेका छन्। साथै अप्रिल महिनाभरि निर्माण टिमले दुईवटा गीतहरुको छायाङ्कनको काम पूरा गर्नेछ। जसमध्ये पहिलो गीतमा शाहरुख र नयनताराले मुम्बईमा अप्रिलको पहिलो साता सुटिङ सुरु गर्नेछन्। जुन गीतलाई अनिरुद्धले रचना गरेका हुन्।

पहिलो गीतको छायाङ्कन सकिएपछि दोस्रो गीतमा शाहरुख र दीपिकाले एकसाथ काम गर्ने बताइएको छ। जुन गीतको छायाङ्कन १५ अप्रिलसम्म सम्पन्न हुने बताइएको छ। यसअघि पठानको ‘बेशर्म रंग’ गीतमा शाहरुख र दीपिकाको केमेस्ट्रीलाई दर्शकले रुचाएका थिए। २ जुन २०२३ मा प्रदर्शन हुने यो फिल्म हिन्दी, तमिल, कन्नड, मलयालम र तेलुगुसहित पाँच भाषामा रिलिज हुनेछ।

दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यस फिल्ममा शाहरुखसँगै नयनतारा मुख्य भूमिकामा रहने छिन् भने,साउथ स्टार थलापति विजय भने खलपात्रको भूमिकामा देखिनेछन्।
 

कमेन्ट लोड गर्नुस