उपनिर्वाचन : आज मनोनयन दर्ता हुँदै
काठमाडौं: वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरुमा उमेदवारको मनोनय हुँदै छ। तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।