सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघको निर्वाचन असार २२ मा हुने

२०८१ असार ७, ०९:३५ खबर संवाददाता

काठमाडौंः नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ।

शुक्रवार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ।

१३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ। असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस