सुदूर नेपाललाई विश्वसँग जोड्दै

वीरगञ्जमा ५ दिनमा ३ सय ९१ जना झाडापखालाका बिरामी, ९५ जनामा हैजा पुष्टि

२०८२ भदौ १०, ०४:४०

पर्सा: पर्साको वीरगञ्ज महानगरपालिकामा गएको शुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन्। उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार एक सय ७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन्।

दुई सय २० जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। अस्पतालमा रहेका मध्ये २४ जना आइसीयूमा र छ जना एचडीसीयूमा उपचाररत रहेका जिल्ला जनस्वास्थ्य कार्यालय पर्सका प्रमुख जयमोद ठाकुरले जानकारी दिएका छन्। 

वीरगञ्जमा समुदायस्तरमै हैजा फैलिएर महामारीको रूप लिएपछि महानगरपालिकासहित प्रदेश र संघस्य सरकारको तर्फबाट उपचारसँगै रोकथामको प्रयास भइरहेको छ। हिजो स्वास्थ्यमन्त्रि प्रदिप पौडेल वीरगञ्ज पुगेर अवस्थाबारे जानकारी लिँदै झाडापखालाका सबै विरामीको निशुल्क उपचार गराउन निर्देशन दिए। 

प्रदेश सरकारले पनि डाक्टरसहितको टोली खटाएको छ। महानगरपालिकाले बिरामी खोज्नेदेखी सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ। पाँच दिनदेखि हैजा फैलिरहेको भए पनि त्यसको स्रोतबारे अझै एकिन भएको छैन। 

कमेन्ट लोड गर्नुस