विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारले सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारलाई उक्त निर्णयबाट पछि हट्न ध्यानाकर्षण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए।
‘वर्तमान सरकारको विद्यार्थी संगठन खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरिएको छ,’ भट्टले भने, ‘यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराइएको छ।’
सरकारले आफ्नो कार्यसूचीमा विद्यालय र विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू खारेज गर्ने उल्लेख गरेको छ, जसप्रति एमालेले असहमति जनाएको हो।