सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवाका बाढीपीडितका लागि पुष्पाञ्जली फेन्सी स्टोरद्वारा १ लाख नगद र राहत सामग्री सहयोग

२०८३ भदौ १९, ०८:३२ खबर संवाददाता

धनगढीः रसुवामा आएको बाढीका कारण प्रभावित भएका पीडित परिवारहरूका लागि धनगढीस्थित पुष्पाञ्जली फेन्सी स्टोरले आर्थिक तथा भौतिक सहयोग हस्तान्तरण गरेको छ।

स्टोरको तर्फबाट ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा नगद १ लाख जम्मा गरिएको छ। नगद सहयोगका साथै बाढीपीडितका लागि २ बोरा रेडिमेड कपडा र विभिन्न खाद्यान्न सामग्रीहरू रसुवा पठाउने व्यवस्था मिलाइएको छ।

विपदको यस दुःखद घडीमा पीडितहरूको घाउमा सानो भए पनि मलम लगाउने र मानवताको भावना जागृत गराउने उद्देश्यले सहयोग जुटाइएको पुष्पाञ्जली फेन्सी स्टोरले जनाएको छ। विपद् कसैको एक्लो समस्या नभई सबैको साझा पीडा भएकाले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी पीडितहरूको साथमा उभिनसमेत सबैमा हार्दिक अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस