सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका उपेन्द्र शाही भारतमा हुने 'एमटीभी रोडिज' को यात्रामा

२०८३ भदौ २०, ०८:३० खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–१२ डी गाउँका उपेन्द्र शाही ‘अप्पी’ भारतकाे एमटीभी रोडिजको नयाँ यात्रामा निस्किएका छन्।

हिमालय रोडिज सिजन–७ का सेमिफाइनलिस्ट शाही अब भारतमा आयोजना हुने एमटीभी रोडिजको यात्रामा सहभागी हुन लागेका हुन्। हिमालय रोडिजको सिजन–७ मा शाहीले धनगढीलाई प्रतिनिधित्व गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए।

शाहीका अनुसार एमटीभी रोडिजको यात्राका लागि उनको यात्रा सेप्टेम्बर ५ मा दिल्लीबाट सुरु हुनेछ। त्यसपछि सेप्टेम्बर ७ मा चण्दीगढ, सेप्टेम्बर १० मा कोलकाता र सेप्टेम्बर १२ मा पुने पुग्ने कार्यक्रम रहेको उनले बताएका छन्।

हिमालय रोडिजमा आफ्नो क्षमता प्रस्तुत गर्दै सेमिफाइनलसम्म पुगेका शाहीका लागि एमटीभी रोडिजको यात्रा अर्को महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। एमटीभी रोडिजको अडिसनमा नेपाली माैलिक पाेषाकमा सहभागी हुने उनले बताए। 

धनगढीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको चर्चित रियालिटी शोमा आफ्नो उपस्थिति जनाउन लागेका शाहीको यात्रालाई स्थानीयस्तरमा पनि चासोका साथ हेरिएको छ।
 

कमेन्ट लोड गर्नुस