सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकाे भागेश्वर–२ मा लाटादेवता मन्दिर निर्माण, सहयोग अभियानमा जुट्यो साढे ४ लाख

२०८३ असोज ७, ०५:४३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकाे भागेश्वर गाउँपालिका वडा नं. २, लाटामाडौँमा लाटादेवता मन्दिर निर्माण भएको छ।

​अभियानकर्मी सिद्धराज पनेरु र दिलबहादुर मडैले सञ्चालन गरेको मन्दिर निर्माण सहयोग अभियानबाट संकलित रकमबाट मन्दिरको निर्माण गरिएकाे हो। 

साउन १४ गतेबाट सुरु गरेको आर्थिक सहयोग (दान) संकलन अभियानमा असोज ६ गतेसम्म २०६ जना दाताहरूबाट ४ लाख  ६१ हजार ३ सय ३५ रुपैयाँ संकलन भइसकेको अभियानकर्मी सिद्धराज पनेरुले जानकारी दिएका छन्।

​साउन २८ गते वैदिक विधिपूर्वक शिलान्यास गरि असोज ३ गते प्रतिस्ठा सम्पन्न भएको छ। यससँगै मन्दिर परिसरमा स्वागतद्वार (गेट) र शौचालय निर्माणको कार्य चलिरहेको बताइएको छ। 

कार्तिक नवरात्रीको अष्टमी तिथीमा ताटादेवताको जाँत हुने र सोही दिन सम्पूर्ण आयव्यय सार्वजनिक गरिने र दान दाताको ब्यानरमा राखिने नामावलीलाई मन्दिर परिसरमा राखिने अभियानकर्मी मडैले बताएका छन्। साथै, शिलालेखमा दान दाताको नाम शिलालेखमा पनि लेखिने उनले बताए। 

अभियानकर्मीद्वय पनेरु र मडैले सम्पूर्ण दान दाताहरूलाई धन्यवाद व्यक्त गर्दै अन्य इच्छुक दाताहरुले अस्टमीभन्दा अगाडी  नै सहयोग गरिदिन अपिल गरेका छन्। 

​सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेको यस अभियानको रकम संकलन असिग्राम मावि, रुपालका सेवानिवृत्त शिक्षक तथा असिग्राम मन्दिर, रुपालका भँडारी दिलबहादुर मडैको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०९३००९१३२४६०००११ र सोही खाताको (क्यूआर) कोडमार्फत भइरहेको छ। मन्दिर निर्माणमा ७ देखि ८ लाख लगानी लाग्ने अनुमान गरिएको छ। 

​मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको रकमका आधारमा १०१ देखि १००० सम्म रजिस्ट्रारमा नाम अभिलेख राखिने, १००१ देखि ५००० सम्म मन्दिर परिसरमा राखिने 'दाता नामावली ब्यानर'मा नाम समावेश गरिने र ५००१ भन्दा माथि मन्दिर परिसरमा राखिने शिलालेखमा नाम लेखिने अभियान्ता पनेरुले बताएका छन्। 

पनेरु यसअघि पनि विभिन्न सामाजिक र धार्मिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। उनले डडेल्धुराको भागेश्वर २ रुपालमा रहेको अशिग्राम माविका लागि साउण्ड सिस्टम खरिद अभियान, वडा नम्बर २ कै अशिग्राम मन्दिरका लागि आवश्यक सामाग्री खरिद अभियान, खिटकेश्वर मन्दिरमा बसाहा (नन्दी) स्थापना अभियान र कैलपाल मन्दिर परशुराम ३ थापलाका लागि आवश्यक सामाग्री सहयोग अभियान सञ्चालन गरेका थिए।
 

कमेन्ट लोड गर्नुस