सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाइँ नभन्नु लमा बालप्रेम

२०७५ साउन ११, ०८:२८

 नाइँ नभन्नु ल फिल्मको नामका आधारमा लगातार सिरिज फिल्म बनाइरहेका र त्यसैबाट लोकप्रियता कमाइरहेका निर्माता, निर्देशक तथा लेखक विकासराज आचार्यले आफ्नो पछिल्लो निर्माणाधिन फिल्म नाइँ नभन्नु ल–५ को शीर्ष गीत सार्वजनिक गरेका छन्।
सो गीतमा बाल र किशोर उमेरको प्रेम देखाइएको छ। तिम्रो आँखा आँखा जुधाइ बोलको गीतमा नायिका स्वस्तिमा खड्का र डेब्यु हिरो अभिषेक नेपालका साथमा बालकलाकारलाई देखाइएको छ। 
गीतमा मेलिना राईको स्वर रहेको छ भने संगीत वसन्त सापकोटाले भरेका छन्।
दिनेश थपलियाको शब्द रहेको यो गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। 
आगामी भदौ ८ मा रिलिज डेट तोकिएको फिल्ममा दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, उत्तम केसी, बाल कलाकार अनुभव रेग्मी, सेड्रिना शर्मालगायत प्रमुख भूमिकामा छन्।
 सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन रहेको फिल्मका निर्माता हरिबोल भण्डारी र गौरीराज जोशी हुन्।

कमेन्ट लोड गर्नुस