सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउथ फिल्ममा डेब्यू गर्दै विद्या

२०७५ साउन १५, ०७:५१

अभिनेत्री विद्या वालन एनटीआरको बायोपिकबाट साउथ फिल्ममा डेब्यू गर्दैछिन् । उनले यस फिल्मको छायांकनको काम पनि सुरु गरिसकेकी छिन् । 
यस फिल्ममा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खबरहरुका अनुसार बिद्याले यस फिल्मका लागि १.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । 
यो फिल्मको एनटी आरको जीवन कहानीमा आधारित छ । एनटीआरको पूरा नाम नन्दमुरी तारका रामा राव हो । उनीे एनटीआर नामले चिनिन्छन् । 
एनटीआर साउथ फिल्मका अभिनेता, निर्देशक, सम्पादक र राजनेता हुन् । उनी ७ वर्षसम्म भारतको आन्ध्र प्रदेशको मुख्य मन्त्री पनि भएका थिए । 
यस बायोपिकमा एनटीआरको भूमिका नन्दमुरी बालाकृष्णले निभाइरहेका छन् भने राणा दग्गुबाती पनि विशेष भूमिकामा देखिनेछन् । 
यस्तै अभिनेत्री श्रीदेको भूमिकाको लागि राकुल प्रितलाई प्रस्ताव राखिएको छ । 
पछिल्लो समयमा विद्या बालन मुख्य अभिनेत्रीको रुपमा फिल्म ‘तुम्हारी सुलु’ मार्फत दर्शकमाझ आएकी थिइन् । सुरेश त्रीवेणीको निर्देशनमा बनेको यो फिल्म बक्स अफिसमा निकै सफल भएको थियो । 
यस फिल्मबाट अभिनेत्री बिद्या वालनले उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्डबाट सम्मानित भएकी थिइन् । उनी अब एनटीआर बायोपिकमार्फत दर्शकमाझ आइरहेकी छिन् । यो फिल्म साउथकका साथै हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ । 

कमेन्ट लोड गर्नुस