सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयलक्ष्मीको दर्द बजारमा

२०७५ भदौ २३, ०६:२८

गजलकार जयलक्ष्मी जोशीद्धारा लिखित दर्द गजल संग्रहको शनिवार बिमोचन गरिएको छ । कवि मोतीराम भट्टको १ सय ५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको बिमोचन गरिएको हो । गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १ हजार ८ स्वामी गौरीशंकरले संयुक्त रुपमा बिमोचन गरेका हुन् । लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रहमा सामाजिक परिवेश, महिला माथीको हिंसा, कुरितीका विषय उठान भएको बताईन् । साथै उनको संग्रहमा असफल प्रेमका बारेमा पनि चर्चा गरिएको छ । २०४५ सालमा बझाङमा जन्मिएकी जोशी हाल धनगढी उप–महानगरपालिका ५ मा बस्दै आएकी छन् ।

जोशीले ७ नंम्बर प्रदेश राज्यको दृष्टिमा पछि परेको र समाजमा रहेका कुप्रथाका कारण यहाँका महिलाहरुले भोग्नु परेका पीडाका बारेमा गजल मार्फत चर्चा गरिएको बताईन । उनले यो आफ्नो पहिलो रचना भएको र निकट भविष्यमै मुक्तक संग्रह र उपन्यास पनि प्रकाशनको तयारीमा रहेको बताईन । कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कमेन्ट लोड गर्नुस