सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘एक्सपर्ट मिस फारवेष्ट नेपाल २०१८’ को प्रशिक्षण सुरु (भिडियो सहित)

२०७५ असोज १, ११:२७

‘एक्सपर्ट मिस फारवेष्ट नेपाल २०१८’ को अडिसन सम्पन्न भएसँगै आजदेखि उत्कृष्टलाई प्रशिक्षण दिन सुरु गरिएको छ । अडिसनबाट छनौट भएका उत्कृष्ट ३० जना प्रतिस्पर्धीलाई आजदेखि धनगढीमा प्रशिक्षण दिन थालिएको हो । टीकापुर, धनगढी र महेन्द्रनगरबाट छनौट भएका प्रतिस्पर्धीलाई धनगढीमा १९ दिनको प्रशिक्षण दिईने वताईएको छ । 
आयोजक रोयल कोल्याब्रेटिभ्स् प्रालिका मिडिया संयोजक देवेन जोशीले १९ दिनको प्रशिक्षणपछि २० गतेसम्म फाईनल हुने वताए । ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगितामा छनौट भएका उत्कृष्ट ३० जना प्रतिस्पर्धीलाई रष्ट्रिय स्तरका प्रशिक्षक जेनिशा मोक्तान र कोरियोग्राफर निलम चन्दले प्रशिक्षण दिनेछिन् । 

सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले रोयल कोल्याब्रेटिभ्स् प्रालि आयोजना गरेको हो । ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’को विजेताले स्कुटर, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार पाउने छन । यस्तै, सर्वोकृष्ट लगायत विधिन्न विधाका विजेतालाई पनि पुरुस्कारको व्यवस्था गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस