सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रिया संविधान !

२०७५ असोज ३, ०७:२७

तिमी ल्याउने सोचमा जेल नेल 
बगेको थियो रक्त उर्लेर भेल ।
त्यही भक्तले रक्तले प्रेम पत्र 
सजायौं हजारौं बुँदा यत्रतत्र ।

रमायौं मनैबाट त्यागेर तीतो
अझै प्रेमको शान्तिको आश मीठो ।
भरोसा थियो त्यो वसन्ती बिहान
तिमी मौन बस्छौ प्रिया संविधान !

ठगी चोरले डांकुले फेरि ढांट्यो 
कुकर्मी कसैले बलत्कार आंट्यो ।
पर्यो कान लज्जास घट्ना अचम्म 
तिमी वर्ग हेर्छौ प्रिया संविधान !

घमण्डै गरी लोभ लाचार ग्रस्त
खुलस्तै यहाँ भ्रष्टमा हिड्छ प्रस्ट।
कतै देख्छु लाटो कहीं बन्द कान 
कतै अन्ध हुन्छौ प्रिया संविधान !

उठायो कहीं चक्कु पार्यो तयार
घरैभित्र द्वन्द्वै चल्यो काटमार ।
जली 'एकता' ती हुदैछन् मसान 
तिमी कैल बुझ्छौ प्रिया संविधान !!

कमेन्ट लोड गर्नुस