सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक कथा लेखन प्रतियोगिता सम्पन्न

२०७५ पुष १३, ०७:०७ खबर संवाददाता

डोटी–नेपाली लेखक संघ डोटी  र सुदूर  चिनारी  दुईमासे पत्रिकाको संयुक्त आयोजनामा  विद्यालय  स्तरीय  लोककथा लेखन प्रतियोगिता सम्पन्न भएको छ। हिउँदाका लामा रातमा मीठामीठो लोक कथा(बातै)हरू सुन्ने र सुनाउने चलन सुदूरपश्चिममा पहिलेदेखि नै रहँदै आएको भएपनि आजभोलि उक्त परम्परामा कमी आएले लोककथा लेखन वा संकलनको प्रतियोगिता आयोजना गरिएको हो। रातभर जाग्राम रही कथा सुन्ने र सुनाउने पर्व, पुषे १५ को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा ७० जना विद्यार्थिको सहभागिता रहेको थियो। उक्त लोककथा  प्रतियोगितामा रामपुर माविकी छात्रा आरती बिसी प्रथम, सरस्वती  चन्द द्वितीय,  खेम भण्डारी र ललित साउँद तृतीय स्थान हासिल गर्न सफल भएका छन्। प्रथम, दितृय र तितृय स्थान हासिल गर्ने प्रतियोगिलाई नगद र प्रमाणपत्र  सहित  पुरस्कार प्रदान  गरिएको  छ भने उत्कृष्ट १२ जनालाई डाइरी र पुस्तक बितरण गरिएको छ। लोक कथा बालबालिकालाई स्मरण होस् र पुस १५ को महत्वका बारेमा विद्यार्थी सजिलै बुझ्न सकून् भन्ने हेतूले कार्यक्रम आयोजना गरिएको लेखक संघ डोटीकी सदस्य राधा बोहराले बताइन् । रामपुर मावि बुडर डोटीको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथी एवम्  नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, नेपाली काङ्ग्रेसका पार्टी  सभापति  प्रदिप देउवा, नेपाली लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदले पुरस्कार बितरण गरेका हुन्। कार्यक्रम नेपाली लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदको सभापतित्वमा सम्पन्न  भएको थियो। कार्यक्रमको सञ्चालन सदस्य लक्ष्मण देउवाले गरेका थिए भने स्वागत मन्तव्य सह सचीव  पवन महराले गरेका थिए। 

कमेन्ट लोड गर्नुस