जय टोपी
मेरो टोपीले मलाइ
न कहिल्यै झुक्न सिकाउछ
न कहिल्यै रुक्न सिकाउछ
न कहिल्यै कसै संग नाना थरि
कुराहरु भुक्न सिकाउछ
न कहिल्यै बन्दुक, खुकुरी, भाला ,
बन्चरो जस्ता हतियार बोक्न सिकाउछ
न खोक्रा भाषणहरु खोक्न सिकाउछ
सिकाउछ केवल सच्चाइ र इमानदारीता ।।
देशका खातीर शहिद भएका हाम्रा
विर सपुतहरुको यहि टोपीले सदैब
सम्झना दिलाउछ याद दिलाउछ
जसले ज्यानको प्रवाह नगरिकन
हासी हासी छातीमा बिच सडकमा
दुस्मनको गोली खानुपरेकोथियो
र हामीले स्वतन्त्र नेपाली हौ भनेर
आज गर्व का साथ भन्न पाएका छौ
एक आवाज भएर एक मन भएर ।।
मेरो टोपीले एक इतिहास रचेको छ
मेरो टोपीले एक युग निर्माण गरेको छ
मेरो टोपिले हजारौ शाहिद हरुको त्याग
हजारौ शहीदहरूको तपस्या भोगेको छ
हजारौ बालबालिका अनाथ भएका देखेको छ
बेसाहारा भएकाहरुको पिडा नियालेको छ
हजारौ पिडामा अल्झीएर पनि सुख संग
बाचेका हजार उदाहरण देखेको छ भोगेको छ
सारा पिडाहरु पन्छाउदै शिरमा निर्धक्क छ
एक निडर सिपाही मेरो टोपी ।।
मेरो टोपीलाइ तिम्रा स्वच्छ हातहरूले
छुन पनि नछोउ छिमेकी मित्र हो
यसलाइ हाम्रै देशको माटोमा
पोतिएको, खेलीएको जन्मीएको
हातहरुले समाउने बानी परेको छ
मेरो टोपीलाइ यहिको हिलो र माटो
यहिको भिर पाखा र उकालो बाटो
यहाका संस्कृति र परम्पराको बानी छ
र सधै यसले यहि चाहान्छ पनि टोपी ।।
तिम्रो सुगन्धित हातहरुको सुगन्ध भन्दा
हाम्रा दुर्गन्धीत हातहरू बढी रुचाऊछ,
तिम्रो चिल्ला परेका अनूहार भन्दा
हाम्रा फुस्रा परेका च्याउरिएका गाला
मन पराउछ मेरो टोपीले
तिम्रो विदेशी भाषा संस्कृति भन्दा
हाम्रो आफ्नै मौलिक संस्कृति
स्थानिय देखी राष्ट्रिय संस्कृति मनपराउछ
नेपाली भाषा मनपराउछ मेरो टोपीले ।।
गर्व गर्दछौ हामी यस मानेमा
की टोपी हाम्रो पहिचान हो
टोपी हाम्रो मौलिक सान हो
हाम्रो पुर्खा ले शिरमा लगायर विश्व सामु
नेपाली हुनुको गर्व गरेर हिडे
विश्वलाई हल्लाउदै शिर कहिलै झुकाएनन
कहिलै नझुक्ने नेपालीको परिचय विश्वले चिन्दछ
मेरो टोपी मरो शान
जय टोपी ।।