सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटको आधिकारिकता बुझ्दैछु, पुष्टि भएपछि बोल्छुः भीम रावल

२०७९ असोज २२, ०८:४१ खबर संवाददाता

धनगढीः नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन्। उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए। 

रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१६) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ। 

‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु। आधिकारिकता के हो भन्ने बुझ्दैछु’, रावलले भने, ‘वास्तविकता के हो भन्ने पुष्टि भएपछि मात्रै मैले बोल्नुपर्ने कुरा बोल्छु।’

कमेन्ट लोड गर्नुस